२१ माघ २०७७, बुधबार

रामेछाप, २१ माघ । दोरम्बा गाउँपालिकाले कृषि सामग्री वितरण गरेको छ । कृषि सहजीकरण एवम् बैज्ञानिक कृषि प्रणाली अनुरुप आधुनिक कृषि औजार प्लास्टिक टलेल ४५ वटा ,बिरुवाको मुना काट्ने करौती ४५ सेट ,बिरुवामा बिषादी छर्ने पम्म जस्ता औजार सामाग्री वितण गरेको हो ।

रामेछापको दोरम्बा गाउँपालिकाद्वारा बिनियोजित बजेटले गाउँपालिका केन्द्र टोकरपुरमा वितरण गरिएको गाउँपालिका अध्यक्ष कमान सिहं मोक्तानले जानकारी दिनुभयो । साथै मोक्तानले कृषि सामग्रीका लागि फारम भर्न छुटेको कृषकलाई फारम भरि सम्पर्क राख्न अनरोध गर्नुभएको छ।

दोरम्बा गाउँपालिकाले यस अघि पनि कृषकलाई विभिन्न कृषि औजार सामग्रीहरु वितरण गर्दै आइरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV