२१ माघ २०७७, बुधबार
  • तारा आचार्य,

उर्लाबारी, २१ माघ । मोरङ प्रहरीले अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार प्रतिवादी मोरङ उर्लाबारीका सुशन लिम्बूलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले फरार रहेका उर्लाबारी नगरपालिका–५ का लिम्बूलाई अदालतले दोषी ठहर गरेको चार वर्षपछि लिम्बू पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाले दोषी ठहर गर्दै २०७३ साल माघ ५ गते उनलाई नौ वर्ष १५ दिन कैद र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

विशाल ढुंगेलको जाहेरीका आधारमा लिम्बू अदालतबाट दोषी ठहर भएका प्रतिवादी हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार लिम्बूलाई उर्लाबारी–४ आइतबारेबाट नियन्त्रणमा लिएर बुधबार झापा अदालतमा बुझाइएको छ ।

अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV