२१ माघ २०७७, बुधबार

काठमाडौं, २१ माघ । ट्राफिक नियम उल्लंघनको जरिवाना अवदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको छ ।

बुधबार ट्राफिक प्रहरी महाशाखा र इसेवाबीच अनलाइन इसेवा एपबाटै शुल्क तिर्नसकिने सम्झौतामा हस्ताक्षर भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत अनलाइन जरिवान तिर्न मिल्ने भएको बताउनुभयो ।

अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले ट्राफिक व्यवस्थाहरुलाई क्रमश प्रविधिमैत्री बनाउदै लगिने जानकारी दिनुभयो ।

यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने अवस्था थियो । अव कारवाहीमा परेका सवारी चालकले इसेवाको एपवाट तोकिएको जरिवाना तिर्न सक्ने छन् ।

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV