२१ माघ २०७७, बुधबार

कास्की, २१ माघ । नेपाल डेरी एसोसिएसनले नेपालको कृषिमा विदेशी लगानी भित्राउनु दुर्भाग्य हुने जनाएको छ । बुधबार पोखरास्को डेमसाईड स्थित होटल एलोमा आयोजित पत्रकार सम्मेलन गर्दै एसोसिएसनका पदाधिकारीहरूले कृषिमा विदेशी लगानी भित्राउनु दुर्भाग्य हुने बताउनुभयाे ।

कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटा, निवर्तमान अध्यक्ष श्री सुमित केडिया,सल्लाहकार सुरेश बहादुर श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र बजगाई ,केन्द्रिय सदस्य रामचन्द्र बराल सहित लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सल्लाहकार सुरेश बहादुर श्रेष्ठले नेपालको कृषिमा विदेशी लगानी भित्राउनु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु जस्तै हो भएको बताउनु भएको थियो । उहाँल जुन कुरामा स्वयं आफैं आत्मनिर्भर हुन गईरहेको त्यो कुरामा विदेशी लगानी ल्याउनु नहुने बताउनु भयो।

केडियाले विदेशी लगानी ल्याउने सरकारको र केहि व्यक्ति विशेषको चलखेल भएको बताउनु भयो । यसले केहि सिमित मात्राका मान्छेलाई फाईदा हुने तर देश लगायत सम्पूर्ण कृषि उद्योग तथा अन्य सबै प्रकारले नोक्सान भई देशको अर्थतन्त्रमा असर पर्ने बताउनुभयो ।

स्थाका प्रदेश अध्यक्ष शिवहरि अचार्यले विदेशी लगानी आउँन लाग्दा सबै कृषि क्षेत्र लगायत उद्योगी व्यवसायी सबैलाई चिन्ताले सताएको र के कसरी यसको जगेर्ना गर्ने भन्ने विषयले पिरोलेका कारण गण्डकी प्रदेशमा पनि गरि सबैले एक्वेवद्धता गराई त्यसविरुद्धमा उत्रने बताउनुभयो ।

उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले दुध व्यवसाय एक चलायमान र शहरबाट सिधा कृषकको हातमा पैसा पुर्याउने र यस्ता सम्भावना बोकेको क्षेत्रमा सरकारले ल्याउन लागेको विदेशी लगानी सधैंका लागि खारेज गर्नुपर्ने बताउनुभयो ।

त्यस्तैगरी अन्त्यमा एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाले विगत पौष २० गतेको राजपत्रमा प्रकाशित सुचना आएको दिनदेखि हरेक दिन
एसोसिएसन परिवार यसको विरोधमा लागिपरेको बताउनु भयो । साथै सरोकारवाला व्यवसायी तथा कृषहरुलाई एकै छातामुनि ल्याएर विरोध स्वरुप कृषिमा विदेशी लगानी संघर्ष समिति पनि गठन गरिसकिएको बाताउनुभयो ।

हाल सो समितिले धेरै ठाउँमा धेरै प्रकारका विरोध कार्यक्रम पनि गरेको बताउँदै अझ सरकारले कृषिमा विदेशी लगानी गर्ने निति संशोधन गरि फिर्ता नगरेसम्म यसले सशक्त कार्यक्रमहरु अगाडि ल्याउने एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV