२१ माघ २०७७, बुधबार

काठमाडौं, २१ माघ । लोकप्रिय गायक दीपक लिम्बू र मेलिना राईको आवाजमा ‘औँठी बैना’ गीतको भिडियो हङकङबाट सार्वजनिक गरिएको छ ।

विष्णु इङ्नामको शब्द शृजना रहेको गीतको भिडियो लोक शैलीमा तयार पारिएको छ । जसमा धिरज लिम्बू र रेश्मा सम्बाहाम्फेको अभिनय देख्न सकिन्छ ।

हङकङमा छायाँकन भएको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोको समेत अभिनय रहेको छ । युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

भिडियोले एक जोडी युवायुवतीको प्रेमकथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । जसको निर्माण गीतकार विष्णुले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV