२१ माघ २०७७, बुधबार

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

बुधबार अखिल नेपाल टे«ड युनियन महासंघको सातौ भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गर्नुभएको हो ।

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताउनुभयो ।

उहाँले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताउनुभयो । त्यस्तै उहाँले आफुहरु नै आधिकारीक नेकपा भएको भन्दै निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अव पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV