२१ माघ २०७७, बुधबार

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्रीकोे काम संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै भएको टिप्पणी गर्नु भएको छ ।


रावलले ट्विट गर्दै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउँदा संविधानमाथि प्रहार भएको टिप्पणी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीको एकपछि अर्को स्वेच्छाचारी कार्य बढ्दै गइरहेको नेता रावलको भनाइ छ ।

उहाँले ‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो । यो निन्दनीय छ’ भन्दै ट्विट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV