२१ माघ २०७७, बुधबार

एजेन्सी, २१ माघ । चीनमा वुइगर मुसलमान शिविरमा रहेका महिलालाई ब’लात्कार र यातना गरिएको घटना बाहिरिएको छ ।पीडितहरूका अनुसार महिनौँसम्म शिविरमा थुनेर आफूहरूलाई विद्युतीय रडहरूले यातना दिइएको छ। नकाबधारी पुरुषहरूले कसरी एउटी महिलालाई सामूहिक ब’लात्कार गरेका थिए र त्यो हेर्न नियन्त्रणमा राखिएका करिब १०० महिलालाई कसरी बाध्य पारियो भन्ने विवरण शिविरमा नौ महिना बिताएकी टुर्सुने जियाउदुनले बताएकी बीबीसीमा उल्लेख छ ।

जियाउदुन भागेर पहिले काजकस्तान र पछि अमेरिका पुगेकी जनाइएको छ । ती शिविरहरूमा १० लाख भन्दा बढी मानिसलाई नियन्त्रणमा राखिएको अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV