२१ माघ २०७७, बुधबार
  • कोकिला भण्डारी,

धनकुटा, २१ माघ । सिमसार संरक्षण दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारण सभा पाख्रिवास नगरपालिकाको पर्यटकीय क्षेत्र संसारी माई ताल तलैयामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाको अवसर पारेर धनकुटाका पत्रकार देवकला कार्की, सरिता बराइली, सन्तवीर लामा, बिनोद घिमिरे नगदसहित पुरस्कृत भएका छन् ।

त्यस्तै, महासंघ भवन निर्माणमा सहयोग पु¥याउने धनकुटा नरपालिकाका इन्जनियिर मिङ्मा दोर्जी शेर्पा, प्राध्यापक किरण घिमिरे, नेपाल निजामती कर्मचारीहरुको धनकुटा जिल्लाको आधिकारिक टे«ड युनियनका अध्यक्ष गोबिन्द खत्री, तत्कालीन नेपाल पत्रकार महासंघ धनकुटाका सचिव लिला बल्लभ घिमिरेलगायतलाई दोसल्ला ओढाउदै सम्मान–पत्रसहित सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको उक्त साधारण सभाको उद्घाटन गर्दै पाख्रिबास नगरपालिकाका प्रमुख बृष बहादुर राईले पत्रकारहरु समाजको ऐना भएकाले पत्रकारहरुले निष्पक्ष, स्वतन्त्रता र इमान्दारिता पूर्वक कलम चलाउनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको अध्यक्षमा सम्पन्न साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु उद्धव तिम्सिना, लक्ष्मण कार्की, गोपाल बराइली, प्रदेश अध्यक्ष विक्रम लुइटेल, उपाध्यक्ष स्मिता निरौला, महासचिव विवेक गौतम, प्रदेश सदस्य सन्तोष रुचाल, नेपाल नेत्र ज्योति संघ धनकुटाका सभापति रोशेष श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी धनकुटाका सचिव कृष्ण श्रेष्ठ, सिमसार ताल तलैया पर्यटकीय क्षेत्र पाख्रिबासका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ग, वडा नं.४ का वडाध्यक्ष सोभित निरौलालगायतको उपस्थिति रहेको थियो ।

उपस्थित सबैले पत्रकारहरु राज्यको पद प्रदर्शक भएकाले पत्रकारहरुलाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । उक्त सभामा आर्थिक प्रतिबेदन नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कोषाध्यक्ष नारायण कुमार राईले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV