२१ माघ २०७७, बुधबार

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि बिहीबार देशव्यापी आम हड्ताल गर्ने भएको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने तयारी गरेको हो । यसैका लागि दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयका एक नेताले बताए ।

संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-माधव पक्ष थप आक्रोशित बनेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV