२१ माघ २०७७, बुधबार
  • कोकिला भण्डारी

धनकुटा, २१ माघ । धनकुटाको पाख्रीवास नगरपालिकामा अपाङ्गता परिचयपत्र वितरण एवं अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन भईरहेको छ ।

पाख्रीवास नगरपालिका सहित सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर र करुणा फाउण्डेसनको सहकार्यमा अपाङ्गता भएका नगरवासिहरुका लागि विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सहित परिचयपत्र वितरण गरिरहेको नगर प्रमुख वृष वहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरको १० नं वडाबाट शिविर सञ्चालनको शुभारम्भ गरिएको छ । शिविरमा सम्पूर्ण वडाका सबै खालका अपाङ्गता व्यक्तिको नाक, कान, घाँटी, जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गरि आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गरिनेछ ।

पहिलो दिन १० नं वडा को चुङ्माङ् स्वास्थ्य चौकीमा, दोस्रो दिन २१ गते वडा नं ९ को आधारभुत स्वास्थ्य केन्द्र, गर्दै क्रमैसंग २२ गते वडा नं १ को आधारभुत स्वास्थ्य केन्द्र सान्ने, माघ २३ गते वडा नं २ को सान्ने स्वास्थ्य चौकी, २४ गते वडा नं ६ को फलाटे स्वास्थ्य चौकी, २५ गते वडा नं ५ को घोर्लिखर्क स्वास्थ्य चौकी, २६ गते वडा नं ८ मुगा स्वास्थ्य चौकी, २७ गते ७ नं वडाको मुगा आधारभुत स्वास्थ्य चौकी, २८ गते ३ नं वडाको वडा कार्यलय र २९ गते ४ नं वडा को पाख्रीवास स्वास्थ्य चौकिमा शिविर सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव डिक बहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV