२१ माघ २०७७, बुधबार

एजेन्सी, २१ माघ । अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले यस वर्षको अन्तिममा प्रमुख कार्यकारी पद (सिइओ)बाट राजिनामा दिने घोषणा गरेका छन् ।

कम्पनीले जनाएअनुसार उनले आउने जुलाई १ देखि अब कार्यकारी अध्यक्षको भूमिकामा रहने बताइएको छ । अबको अमेजनको सिइओ एन्डी ज्यासी हुनेछन् ।

बेजोस अमेजनको स्थापनाकालदेखि नै सिइओको रुपमा कार्यरत थिए । बेजोसले १९९५ मा अमेजन खोलेका थिए । अहिले यसको बजार मूल्य १७ अर्ब डलर पुगेको छ ।

बेजोसले राजीनमा दिने घोषणा गरेपनि अमेजनको सेयरमा भने गिरावट आएको छैन् ।

बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोडेका थिए । उनी २०२० को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए र अन्तिमसम्म पनि धनी नै थिए।

सिइओ छोडेपछि आफू डे १ फन्ड, द बेजोस अर्थ फन्ड, ब्लु ओर्जिन, द वासिङ्टन टाइम्स र रूचीका अन्य विषयमा केन्द्रीत हुने बेजोसले कर्मचारीहरूलाई बताएका छन् ।

केही समय अघि बेजोसको सम्पत्ति २ सय अर्ब डलरभन्दा माथि थियो भने, अहिले सम्पत्ति १८७ अर्ब डलर छ। उनले विभिन्न सामाजिक काम पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV