२१ माघ २०७७, बुधबार

एजेन्सी, २१ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले साउथह्याम्टनलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई शान्दार जित दिलानउको लागि एन्थोनी मार्सियालले दुई गोल गरे भने आरोन वान बिशाखा, मार्कुस रासफोर्ड, इडिन्सन काभानी, स्कट म्याकटोमिने, ब्रुनो फर्नान्डेस र ड्यानियल जेम्सले समान एक–एक गोल गरे । एक गोल भने उपहार पाएको थियो ।

१८औं मिनेटमा आरोन वान बिशाखाले लुका साको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा मार्कुस रासफोर्डले मासन ग्रीनवुडको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

३४औ मिनेटमा जान बेडनारेकले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा ३-० को अग्रता लियो । ३९औं मिनेटमा लुका साकै पासमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ४–० को आरामदायी अग्रता दिलाए ।

५४औं मिनेटमा चे एडाम्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा साउथह्याम्टन गोल अन्तर कम गर्नबाट चुक्यो । ६९औं मिनेटमा एन्थोनी मार्सियालले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै खेललाई ५–० ले अघि बढाए ।

७१औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई फराकिलो जिततर्फ अभघि बढाए । ८६औं मिनेटमा जान बेडनारेकले मार्सियालमाथि पेनाल्टी बक्समा फल गरेपछि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साउथह्याम्टन ९ खेलाडीमा समेटिन पुग्यो ।

त्यसपछि युनाइटेडले थप तीन गोल गरेको थियो । त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गरे । ९०औं मिनेटमा मार्सियालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गर्दै युनाइटेडलाई ८–० ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ९-० को फराकिलो जित दिलाए

जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा रहेको छ ।

युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको छ । २० खेल खेलेको सिटीको ४४ अंक छ । पराजित साउथह्याम्टन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV