२० माघ २०७७, मंगलवार

एजेन्सी, २० माघ । युरोपेली सङ्घलाई भारतको सीरम इन्स्टिट्युटका प्रमुखले कोरोनाविरुद्दको खोप आपूर्ति गर्न चाहेको जनाएको छ ।विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सीरम इन्स्टिट्युटका प्रमुखले युरोपेली सङ्घलाई खोप आपूर्ति गर्न चाहेको र त्यसका लागि सक्षम रहेको बताइएको छ । इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले आपूर्तिका लागि विद्यमान नियमहरूमा परिवर्तन गर्न आग्रह गरेको जनाइएको छ । त्यसो गरिएमा युरोपमा चाँडै खोप आपूर्ति गर्न सकिने उनले बताए।

सीरम इन्स्टिट्युटले दैनिक कोरोनाभाइरस खोपको २५ लाख मात्रा उत्पादन गरिरहेको छ। त्यसमध्ये अधिकांश भारतमा प्रयोग गरिँदैछ भने बाँकी छिमेकी देशहरूलाई उपलब्ध गराइँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV