२० माघ २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, २० माघ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान निर्माणमा नै त्रुटी भएकाले व्यक्तिगत स्वार्थका लागि संविधान उल्लंंघन गर्ने कार्य भइरहेको आरोप लगाउनु भएको छ ।

मंगलबार विराटनगरमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले प्रतिनिधि सभा पुनस्र्थापना भएपनि जनताको समस्या समाधान हुन नसक्ने बताउदै निर्वाचन हुने अवस्था आए पुनः संसद विघटन हुने सम्भावना रहेको धारणा राख्नुभयो ।

उहाँले ७० वर्षमा ७ वटा संविधान बनाउने कार्य मात्र भएको टिप्पणी गर्दै राजनैतिक दल र नेताहरुको विचार र मानसिकता जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता महतोले हामीले सोचे जस्तो संघीयता अझै आउन नसकेको बताउदै प्रान्तीय सरकारहरुलाई अझै अधिकार दिनुपर्ने माग गर्नुभयो । उहाँले संविधान संसोधन गरेर भएपनि संघीयतालाई अझै सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टी मोरङले आयोजना गरेको सो कार्यक्रममा वर्तमान राजनैतिक स्थिति, पार्टीको भूमिका र आन्दोलन बारे अगुवा कार्यकर्ताबीच छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV