२० माघ २०७७, मंगलवार
  • रामगोपाल तमखु,

भक्तपुर, २० माघ । नवलपरासीका एक वर्षीय ब्लड क्यान्सर पीडित बालकको भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा उपचार भइरहेको छ ।

नवलपरासी चोरमारा–६ का २५ वर्षीय सुदर्शन चापकोटा र २२ वर्षीया प्रीति चापकोटाका पहिलो सन्तान १ वर्षीय शाहिल चापकोटालाई विभिन्न किसिमको उपचारपछि ब्लड क्यान्सर भएको पुष्टि भएको हो ।

ब्लड क्यान्सर पुष्टि भएपछि हाल उनको भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा उपचार भइरहेको छ । चापकोटा दम्पतीले आर्थिक अभावका कारण विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोगका लागि अपील गरेका छन् ।

ब्लड क्यान्सर पीडित शाहिलको उपचारमा दैनिक करिब २० देखि ३० हजार रुपैयाँसम्म खर्च लाग्ने भएकाले आर्थिक अभाव भएको आमा प्रीति चापकोटाले गुनासो पोखिन् ।

भक्तपुरको नियोलार्ज श्रेष्ठ फाउण्डेशनले आर्थिक समस्या भएका बिरामीका परिवारलाई खाने बस्ने निःशुल्क सुविधाका साथमा नगद सहयोग पनि गरिरहेको छ ।

यस संस्थाले उपत्यका बाहिरबाट उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा आएका निम्न बर्ग तथा आर्थिक समस्या भएका बिरामीलाई सहयोग गर्दै आएको संस्थाका सदस्य बबिता श्रेष्ठले बताइन् ।

शाहिल चापकोटाको लागि पनि यस संस्थाले औषधिलगायत आवश्यक खर्च दिइरहेको बताउँदै आर्थिक सहयोगको लागि संस्थाको बैंक खातामा वा पीडित बालकको आमाको बैंक खातामा सहयोग गरिदिन सबैलाई अपील समेत गरेको छ ।

जसको लागि कृषि बिकास बैंक दूधपाटी भक्तपुर शाखामा खाता नं.०२१२२०१७८०८४५०१० मा सहयोग गर्न सकिने छ । त्यस्तै, सहयोगका लागि प्रीति कुमाल (पीडित बच्चाको आमा)लाई सीधा ९८६७—१९८४१३ मा सम्पर्क समेत गर्नसकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV