२० माघ २०७७, मंगलवार

एजेन्सी, २० माघ । म्यान्मारको अर्थतन्त्रमा हानि पुग्न सक्ने  व्यापारिक संस्था र विश्लेषकहरूले जनाएका छन् ।म्यान्मारमा भएको सैन्य ‘कू’का कारण देशको अर्थतन्त्रलाई हानि पुग्न सक्ने बताइएको हो । सैन्य कदमका कारण अर्बौँ डलरको वैदेशिक लगानी जोखिममा परिसकेको कम्पनीहरुले बताएका छन् ।

अब अमेरिकाले म्यान्मारविरुद्ध प्रतिबन्ध लगाउन सकिने अनुमान गरिएको छ । तर अधिकांश लगानी एशियाका देशबाट आउने भएकाले अमेरिकाको निर्णयको ठूलो प्रभाव नपर्न सक्ने जनाइएको छ ।

म्यान्मारमा सेप्टेम्बरमा सम्पन्न सन् २०२० को आर्थिक वर्षमा ५.५ अर्ब अमेरिकी डलर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV