२० माघ २०७७, मंगलवार

एजेन्सी, २० माघ । अमेरिकामा भीषण हिमपात भएको छ ।अमेरिकाको पूर्वी तटीय क्षेत्रमा हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द र खोपकेन्द्रहरू बन्द गरिएको छ । हिमपात भएपछि न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ।

स्थानीय समयानुसार सोमवार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको बीबीसीमा उल्लेख छ । अमेरिकी मौसम विभागले मङ्गलवारपछि मात्रै हिमपात कम हुने बताएको छ।

न्यूयोर्कमा सोमवार बिहानैदेखि अत्यावश्यक पर्दा मात्र घरबाहिर निस्कन दिइएको छ । आज मङ्गलवार विद्यालय बन्द गरिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV