२० माघ २०७७, मंगलवार

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०२१ भित्र कोरोना भाइरस निर्मूलन गराउने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित “खेलकुदसँग प्रधानमन्त्री” अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस यो बर्षभित्रै लखेटिने दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यो बर्ष खेल क्षेत्रमा बजेट घटेको स्वीकार गर्दै कोरोना भाइरसको महामारीका कारण यस्तो भएको बताउनु भयो । उहाँले खेलकुद परिषदका अधिकारीहरुको प्रश्नको उत्तर दिँदै भन्नुभयो, ‘यसपाली बजेट घट्यो कोरोनाले घटायो होला, हामी यो कोरोनालाई सन २०२१ भित्रै लखेट्दैछौँ, अब लखेट्न सुरु गरिसकेका छौँ, बजेटपनि बढ्न थाल्छ।’

प्रधानमन्त्री ओलीले खलाडीहरु र खेलकुद क्षेत्रलाई अब बजेट बढेर आउने आश्वसन पनि दिनुभयो । कहिलेकाही दुई ओटा पाटोमा बजेटमा पठाउनुपर्ने भएकाले बजेट घटेको जस्तो मात्रै देखिएको प्रधानमन्त्ती ओलीले भनाइ थियो ।

कहिले कहिले स्टुडियम र कन्स्ट्रक्शन, स्वीमिङ पुल र खेलमैदानका लागि बजेट छुट्याउदा कम धेर हुन गएको प्रधानमन्त्री ओलीले बताउनु भयो । यस्ता निर्माणहरु निर्माण सकिएपछि अर्को बर्ष बजेट पठाउनु नपर्ने र त्यो अवस्थामा नियमित बजेटमात्रै पठाइने स्पष्ट पार्नुभयो ।

बिषेश परिस्थिती बाहेक खेलाडीहरुको जीवन निर्वाह, अनुकुल वातावरण बनाउन, खेलकुद सामग्री खरिद गर्न, कोच ट्रेन्नीङ गराउनका लागि बजेट नघट्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा सरकारले कुनै कन्जुस्याइँ नगरी उत्साहपूर्वक सहयोग गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘खेल क्षेत्रलाई अघि बढाउन सरकार विन कुनै कन्जुस्याइँ उत्साहपूर्वक अग्रसर हुन्छ तपाईहरु ढुक्क रहनुस्।’

त्यस्तै खेल क्षेत्र स्वस्थ रहन खेल क्षेत्रका अभिभावक स्वस्थ् हुनुपर्ने बताउनु भयो । अहिलेको अभिवाभक संस्था स्वस्थ रहेको र आगामी दिनमा पनि यसले ठूला ठूला प्रगती गर्ने पनि उहाँले दावी गर्नुभयो ।

कोरोना भाइरसलाई परास्त पारेपछि खेलकुद क्षेत्र पनि अन्य क्षेत्र जस्तै जुर्मुराउने उहाँले बताउनु भयो । कारोना भाइरसबिरुद्ध अहिले भ्याक्सीनसहित युद्ध थालिएकोले अब जीत नजिक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

तस्वीर : महेश्वर के.सी.,

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV