२० माघ २०७७, मंगलवार

काठमाडौं, २० माघ । प्रचण्ड-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदको बैठक बोलाए त्यो संवैधानिक नहुने बताएका छन् ।

मंगलबार नेकपा आधिकारिकताको दावी गर्दै निर्वाचन आयोग पुगेका नेताहरुले प्रधानमन्त्री ओलीले एकलौटी गदै संवैधानिक परिषद बैठक बोलाए सभामुख मार्फत संसद बैठक बोलाउने चेतावनीसमेत दिएका थिए ।

निर्वाचन आयोगमा पुग्नुभएका प्रचण्ड-नेपाल समुहका नेता लीलामणि पाेखरेलले भन्नुभयो, ‘संवैधानिक परिषद्को बैठक राखे त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन।’

नेकपा आधिकारिकताको दावी गर्दै बरिष्ठ नेता झलनाथ खनालसहित लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोग पुग्नुभएको थियो । त्यस्तै बुधबार प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाउनु भयो त ? भन्ने पत्रकारहरुको प्रश्नमा राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले एकलौटी गर्दै गए सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउने दिन आउन सक्ने बताउनुभयो ।

यसअघि एक बिरोधसभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई संसद बैठक बोलालएर कारवाही गर्न सक्ने आफूहरुसँग खुवी रहेको बताउनु भएको थियो ।

प्रचण्ड नेपाल समूहले आजै निर्वाचन आयोगमा नेकपा आधिकारिकता दावी गर्दै पत्र बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV