२० माघ २०७७, मंगलवार
  • कोकिला भण्डारी

धनकुटा, २० माघ । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको आर्थिक सहयोगमा सम्पन्न ओख्रे खानेपानी आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

गरिबी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप—नेपाल), धनकुटाको प्राविधिक सहयोगमा सम्पन्न साँगुरिगढी गाउँपालिका वडा नं.५ स्थित ओख्रे खानेपानी आयोजना वडा कार्यालयलाई जिम्मा दिइएको हो । आयोजनाबाट ११९ घरधुरीका ६१० जनसंख्या लाभान्वित हुने बताइएको छ ।

उक्त खानेपानी आयोजनाको कूल लागत ५५ लाख ६० हजार २६५ रहेको छ । तीमध्ये उपभोक्ताले ११ लाख १२ हजार र श्रमदान व्यहोरेको छ भने ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिले ४३ लाख ६६ हजार १६६ रुपैयाँ आर्थिक सहयोग गरेको पर्डेपका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले बताउनुभयो

आयोजना सम्पन्नभएपछि एक किलो मिटर टाढाबाट पानी बोक्न जानुपर्ने स्थानीयको बाध्यता हटेको छ । घर–घरमै पानीको धारा जडान गरि पानी प्रयोग गर्न पाउँदा स्थानीयको मुहारमा खुशी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV