२० माघ २०७७, मंगलवार
  • वासु श्रेष्ठ

धादिङ, २० माघ । जिल्लाको थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम सुरु भएको छ । थाक्रे गाउपालिकाको ११ वडाबाट ३ /३ जनाछनोट गरेर आएका युवाहरूलाई
प्रतियोगितामा समाबेस गरेको हो ।

सोमबार देखी सुरु भएको नमुना युवा गाउँ सभा संसद कार्यक्रम ४ दिनसम्म रहने छ । तालिम र अभ्यासको क्रममा सांसदले संसदमा गर्ने विभिन्न गतिविधिको अभ्यास हुने छ ।

सो कार्यक्रमको उद्घाटन गर्दै थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्यले भने युवाहरुमा राजनैतिक गतिविधिमा आएको बितिष्णालाई यश कार्यक्रमले उर्जा र हौसला प्रदान गर्नुको साथै संघीय तीन सरकारको कार्य बिभाजन सम्बन्धी बुझ्न पाउने अबसर समेत भएको भन्दै आफुहरु निर्वाचित भएर आउदा राज्यको पनसंरचाना बुझ्नकै लागि धेरै समय खर्च भएको भन्दै बिकासका काममा ढिला भएको हुदा यश कार्यक्रमले आगामी पिडिको लागि सहज हुने बताए ।

कार्यक्रममा अहिले भएको राज्य संरचना अनुसार युवाहरुलाई संघीय सरकार प्रदेश सरकार स्थानीय सरकारको मोडालिटी अनुसार गतिविधि गराइने युवा परिषद नेपाल बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV