२० माघ २०७७, मंगलवार
  • विनय तिम्सिना

इलाम, २० माघ । इलमको माइखोलामा पौडी खेल्ने क्रममा दुइजनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई गाउँपालिका- ५ निवासी दाजुभई रहेका छन् ।

साविक सोयाङ निवासी डम्बर बहादुर ढकालका कान्छा छोरा १८ वर्षिय प्रविण ढकाल र उनका साइला दाजु २० वर्षिय शेखर ढकालको माइखोलाको अठ्ठारेमा माइवेनी हाइड्रो पावरले बनाएको खोला भित्रको खाल्डोमा डुवेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा भाई डुवे पछि वचाउन जाँदा दाजुको पनि डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलाम र स्थानीयको सहयोगमा खोलाबाट शव निकोलर अहिले इलाम अस्पतालमा पोस्टमार्टमको लागि शव राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV