२० माघ २०७७, मंगलवार
  • दान बहादुर बुढा

मुगु, २० माघ । मुगुका पूर्वधावक अक्कल बोहरा सामाजिक काममा सक्रिय छन् । छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगाँ गाँउमा रहेको एक दलित बस्तिमा हिलाम्मे र धुलाम्मे बाटोमा ढलान गर्न लगाएर उनले उदाहरणीय काम गरिरहेका छन् ।

हाल विदेशी मुलुक स्पेनमा कर्मथलो बनाएर बसिरहेका बोहराले दलित वस्तीमा आरसिसी ढलान गरिदिएको बताए छन् । समाजसेवी बोहराले उक्त दलित बस्तीमा साढे एक किलोमिटर बाटो आरसिसी गरिदिएका हुन् ।

१२० घरधुरी रहेको रुगा गाउँमा बाटो आरसिसी गरेका मात्र छैनन्, उनले आफू जन्मेको थार्प गाउँमा एक घर एक घारा निर्माण समेत गरेको उनले बताए । साथै आफ्नी आमा गोरी बोहराको सम्झनामा कर्णाली नदीमा शवदाह गृह निर्माण समेत गरेको उनले जानकारी दिए ।

अहिले दलित बस्तीमा बनाइरहेको बाटोमा जम्माजम्मी ४ लाख बजेटको सिमेन्ट–बालुवामा लगानी भएको उनले बताए । ‘यही बाटोमा यति नै काम गर्न अन्य कुनै संघ–संस्थाको भए ५० लाखभन्दा बढीको बिल हुन्थ्यो,’ उनले सुनाए । उनलाई केही शुभेच्छुकले सहयोग पनि गरेका छन् ।

जुम्लाको कनकासुन्दरी वडा नं २, मालिका बोता घर भई हाल अमेरिकामा बस्दै आएका बोहराका साथी दिपक रावतले १६ कट्टा सिमेन्ट सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV