१९ माघ २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १९ माघ । प्रदेश-१ मा सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ । मोरङको सुन्दरहरैचा ११ मा निर्माण गरिने प्रादेशिक सरुवा रोग अस्पतालको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले शिलान्यास गर्नु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ विगाहा जग्गामा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो ।

काठमाण्डौं टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बराबरको उपचार दिने गरि प्रादेशिक अस्पताल निर्माण हुने सो क्षेत्रका प्रदेशसभा सदस्य राजकुमार ओझाले जानकारी दिनुभयो । उहाँले यो अस्पताल निर्माणपछि प्रदेशबासीलाई धेरै सहज हुने बताउनुभयो । सुविधा सम्पन्न प्रयोगशाला सहितको अस्पताल निर्माणपछि उपचारका लागि टेकु जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एव स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सहितको न्युनतम ५० शैयाको प्रदेश स्तरिय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल ७ वटै प्रदेशमा स्थापना गर्ने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरुवारोग अस्पताल दुई बर्ष भित्रमा निर्माण सम्पन्न हुने मन्त्री ढकालले बताउनुभयो । उहाँले अस्पताल निर्माणका लागि चालु आर्थिक बर्षमा १० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV