१९ माघ २०७७, सोमबार

एजेन्सी, १९ माघ । भारतले स्वास्थ्य सेवा तथा पूर्वाधारमा ठुलो लगानी गर्ने भएको छ । स्वास्थ्य सेवा तथा पूर्वाधारमा ठुलो लगानी गर्ने योजनासहित नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो ।३० अर्ब डलरभन्दा बढी खर्चमा नयाँ सार्वजनिक स्वास्थ्य केन्द्र तथा अनुसन्धान केन्द्रहरूको निर्माणमा गरिने बजेटमा उल्लेख छ । कोभिड १९ खोपमा पनि थप लगानी गर्ने घोषणा गरिएको छ । भारतले थप दुई वटा खोप चाँडै उपलब्ध हुनसक्ने जनाएको छ।

वित्तमन्त्री निर्मला सीतारमणले यसअघि कहिल्यै नझेलिएको परिस्थिति”मा बजेट तयार पारिएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV