१९ माघ २०७७, सोमबार
  • भगतराम थारु

नेपालगन्ज, १९ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ११ का रमारानी बैश्य (गुप्ता) समाजसेवा गरेर नै सफलाता प्राप्त गरेको बताउनुहुन्छ ।

मधेशी समुदायमा जन्मेका रमारानी सफलतासम्म पुग्दा विभिन्न बाँधा अडचन पार गर्नुपरेको बताउनुहुन्छ । सुरु सुरुमा घरबाट निस्कन नपाउनु र समाजसेवा गर्न नपाउँदाको पिडा हुन्थ्यो । पछि सामाजिक परिवर्तनसंगै घरबाहिर निस्कने घरपरिवारबाट अवसर पाए र अहिले सामाजिक क्षेत्रमा खुलेर सेवा गर्ने मौका पाएको छु उहाँले भन्नुभयो ।

जनता सामाजबादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहनुभएका रमारानी नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपाल भारत मैत्री संघ कार्यसमिति सदस्य, औतार देइ कौशोधन (चौधराइ) सेवा समिति प्रतिष्ठान कार्य समिति सदस्य, कशौधन बैश्य समाज नेपालगन्ज, कौशोधन बैश्य समाज महिला मंञ्च संस्थापक अध्यक्ष समेतमा नेतृत्व रहि काम गरिसक्नु भएका रमारानी सामाजिक क्षेत्रमा काम गर्न पाउदा आनन्द आउने बताउनुहुन्छ ।

भारतमा जन्मेका रमारानी विवाह नेपालमा भयो । नेपालमा आउँदा नेपाली भाषा सिक्न धौ धौ भयो । आफुले गर्न सक्ने क्षमता देखाउन वाहिर निस्कने मौका पाएसंगै बोल्ने क्षमताको विकास भयो । प्रयास गर्दा असफल केही नहुने भएको र घरपरिवारको साथ सहयोगले सामाजिक सेवामा तत्पर भएर काम गर्नुको आनन्द बेग्लै हुने रमारानीले बताउनुहुन्छ ।

युवा नेत्री रमारानी अहिले एक निडर स्पष्ट बक्ता र स्वच्छ छवी भएको नेतृको रुपमा जनता समाजवादी पार्टी भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीति क्षेत्रलाई जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेको बताउनुहुन्छ ।

पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल भएको हुनाले सधै जनताको सेवामा तत्पर रहने उहाँले बताउनुहुन्छ ।

समाजलाई परिबर्तन गर्न आफैबाट सुरुवात गर्नु पर्ने भएको हुनाले जति पनि ठाउँमा आफ्नै मेहनतले अगाडि बढिरहेको उहाँले बताउनुहुन्छ । समाजमा अझै पनि महिलाले गरेको काम प्रति विश्वास नगर्ने भएको हुनाले यसलाई चिरेर देखाउने अठोटका साथ अगाडि लागिरहेको उहाँले बताउनुहुन्छ । सामाजिक क्षेत्रमा सेवा गर्न पुर्खादेखि बाटो देखाएको हुनाले सामाजिक क्षेत्रमा सासु ससुरा र पारिवारिक योगदान अतुलनीय रहेको उहाँले बताउनुहुन्छ ।

असल कर्म र जनमुखी काम गर्दै अगाडि बढे अबश्य एकदिन पार्टी र जनताले मुल्यांकन गर्नेछ उहाँले भन्नुभयो । पदमा बसेर मात्र सामाजिक सेवा गर्ने भावना नभई पदभन्दा बाहिर बसेर सामाजिक सेवा गर्न पाउँदा मनमा खुसीको हर्ष नै बेग्लै हुन्छ उहाँले भन्नुभयो ।

भविष्यमा एक कुशल राजनीतिकर्मी भएर देश, समाज र महिलाहरु प्रति भईरहेको चरम शोषण बिरुद्ध आवाज उठाउने र सधै निष्ठापूर्बक देश र समाजको सेवा गर्दै आफ्नो पुरा जिवन राजनीति र समाजसेवामा समर्पित गर्ने सोच लिएर अगाडी बढ्ने रमारानीले सधै बिकृति र विसंगतिको बिरुद्ध हरसम्भव लड्ने धारणा राख्नुभयो ।

महिलाले नेतृत्व सम्हाल्न नसक्ने भन्ने भ्रम मात्र रहेको भन्दै उहाँले भन्नुभयो । नेतृत्वदायी भुमिकाको लागि नेतृत्व दिनसक्नुपर्छ अनि मात्र नेतृत्वको भुमिकाबाट के कस्तो फलदायी भयो या भएन भन्ने विषयको उठान खोज्नुपर्छ उहाँले भन्नुभयो ।

अवसर पाए महिलाले पनि पुरुष सरह काम गर्न सक्ने भएको हुनाले अवसर दिए नेतृत्व चलाउन सक्ने क्षमतावान महिला पनि नेपालमा थुप्रै रहेको उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV