१९ माघ २०७७, सोमबार
  • तारा आचार्य

मोरङ, १९ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सभामुखले पठाएको पत्रले संवैधानिक परिषद्को निर्णयमा कुनै असर नपर्ने बताउनु भएको छ ।

सोमवार विराटनगरमा संचारकर्मीहरुसंग मन्त्री ढकालले सभामुखले निजी लेटर प्याडमा पत्र पठाउनु गलत भएको टिप्पणी गर्नुभयो । उहाँले सभामुखले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त विशेष समिति अन्तर्गतको विषयमा आफ्नो कार्यक्षेत्र र अधिकार विपरित पत्र पठाइएको दावी पनि गर्नुभयो ।

मन्त्री ढकालले विगतको निर्णय अनुसार नै पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको स्पष्ट पार्नुभयो । उहाँले चाँदीको जलपमा धुँजाहरु हुन लागेको र पशुपतिनाथको सुरक्षा र समृद्ध गर्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषको निर्णय अनुसार नै सुनको जलहरी लगाउन लागिएको बताउनु भयो । उहाँले पशुपतिनाथमा सुनको जलहरी लगाउन सरकारले ३० करोड रुपैया उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV