१९ माघ २०७७, सोमबार

एजेन्सी, १९ माघ । यूकेका क्याप्टेन सर टम मूरमा कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका छन्।
कोरोनाभाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका यूकेका स्वास्थ्यकर्मीका लागि तीन करोडभन्दा बढी पाउन्ड (पाँच अर्बभन्दा बढी नेपाली रुपैयाँ) चन्दा उठाएका क्याप्टेन सर टम मूर कोभिड १९ भएपछि अस्पताल भर्ना भएका हुन्।

उनको छोरी हाना इन्ग्राम मूरका अनुसार सय वर्षीय पूर्वसैनिक मूरलाई बेडफर्ड अस्पताल लगिएको छ । उनलाई गत साता कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र उनलाई सघन उपचारकक्षमा राख्नु नपरेको बताइएको छ।

निमोनिया भएका कारण सर मूरलाई कोरोनाभाइरसको खोप दिइएको छैन। सयौँ जन्मदिनअगाडि आफ्नो बगैँचाको १०० फन्को घुमेर चन्दा उठाएका उनको प्रयासलाई धेरै चन्दादाताले सहयोग गरेपछि उनी चर्चामा आएका थिए।

उनलाई ब्रिटिश महारानीले जुलाईमा सो कार्यका लागि सरको उपाधि दिएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV