१९ माघ २०७७, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट, १९ माघ । रौतहटको चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२१ को अध्यक्षमा लोकेन्द्र खड्का चयन हुनुभएको छ । त्यसैगरि कार्यकारिणी उपाध्यक्ष जानुका कार्की, राजन श्रेष्ठ, उपाध्यक्षमा क्रमश संगम घिमिरे, जेसी कौशल चौहान, अनिल दाहाल र वसन्त घिमिरे सर्वसम्मतले चयन भएका थिए ।

नवनिर्वाचित अध्यक्ष र अन्य पदाधिकारीहरुको सातौं पदस्थापना र पुरस्कार वितरण आइतवार साँझ सम्पन्न भएको छ । चन्द्रपुर ५ मा रहेको होटल ए।एन। प्लाजामा आयोजित सो कार्यक्रममा वर्ष २०२० का अध्यक्ष दिलिप सापकोटाले वर्ष २०२१ का अध्यक्ष खड्कालाई पदस्थापना गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष सापकोटाले नवनिर्वाचित पदाधिकारी लाई सपथग्रहण समेत गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै विगठित प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले युवाहरुले सामाजिक क्षेत्रमा मात्र नभएर राजनितिक क्षेत्रमा पनि हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले युवाहरु परिवर्तनका सम्वाहक भएकाले युवाहरुले आफ्नो उर्जालाई समाजको विकास तथा समाजमा रहेका कुरितिहरुलाई हटाउन लाग्ग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेसिमा रहेका युवाहरु १८ देखि ४० वर्षका समुहहरुका युवा भएकाले नेतृत्व विकास गर्दै समाजलाई सुशासन, समृद्धि र शान्तिको बाटोमा हिडाउन योगदान पु¥याउनुपर्ने भन्दै चन्द्रनिगाहपुर सिटी जेसिसले गरेका कार्यहरुको प्रशंसा गर्नुभयो ।

नवनिर्वाचित खड्काले आफ्नो कार्यकालमा चन्द्रनिगाहपुर सिटी जेसिसले विभिन्न रचनात्मक तथा समाजिका कार्यहरु गर्दै युवाहरुलाई नेतृत्व विकास जोड दिने बताउनुभयो । कार्यक्रममा नेकपाका इन्चार्ज युवराज भट्टराई, संसद देव प्रसाद तिमल्सिना, संविधान सभा सदस्य राम कुमार भट्टराई मानार्थ सदस्य र किरण रेग्मी आजिवन सदस्य प्रदान गरिएको थियो ।

सो कार्यक्रमा नेकपाका नेताहरु राम कुमार भट्टराई, युवराज भट्टराई ,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी , प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाह लगायतका आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV