१९ माघ २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १९ माघ । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सभामुखले पठाएको पत्रले संवैधानिक परिषदको निर्णयमा कुनै असर नपर्ने बताउनु भएको छ ।सोमवार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री ढकालले सभामुखले निजी लेटर प्याडमा पत्र पठाउनु गलत भएको टिप्पणी गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त विशेष समिति अन्तर्गतको विषयमा आफ्नो कार्यक्षेत्र र अधिकार विपरित पत्र पठाइएको बताउनु भयो ।एक प्रश्नको जवाफमा मन्त्री ढकालले विगतको निर्णय अनुसार नै पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको स्पष्ट पार्नुभयो । उहाँले चाँदीको जलपमा धुँजाहरु हुन लागेको र पशुपतिनाथको सुरक्षा र समृद्ध गर्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषको निर्णय अनुसार नै सुनको जलहरी लगाउन लागिएको बताउनु भयो । उहाँले पशुपतिनाथमा सुनको जलहरी लगाउन सरकारले ३० करोड रुपैया उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV