१९ माघ २०७७, सोमबार

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारसँग खेल्ने ३ खेलको टी–२० सिरिज स्थगित भएको छ ।

फेब्रुअरी दोस्रो साताका लागि तय भएकोे टी–२० सिरिज स्थगित भएको हो । कतार क्रिकेट एसोसिएसनले कतार स्पोर्ट्स डेको अवसर पारेर नेपालसँग फ्रेबुअरी ९, १० र १२ मा टी–२० सिरिज राखेको थियो । तर कोभिड–१९ को असरका कारण कतार सरकारले कतार स्पोर्ट्स डेमा क्रिकेट लगायतका सबै प्रतियोगिता स्थगित गरेको छ ।

अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भएको क्रिकेट एशोसिएसन अफ नेपाल ९क्यान०ले जनाएको छ । टी–२० सिरिजका लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो भने आज देखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा प्रशिक्षण सुरु गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV