१९ माघ २०७७, सोमबार
  • सुरेश भट्ट

कञ्चनपुर, १९ मघ । सरकारले खारेज गरेका भुसे इटा उद्योग कञ्चनपुरमा अझै सञ्चलनमा रहेका छन् ।

तत्कालीन सरकाका उद्योग मन्त्रीको अध्यतामा बसेको बैठकले आधुनिक प्रविधिमा रुपान्तरण नभएको भुसे इटा उद्योग खारेज गर्ने निर्णय गरे पनि त्यसको कार्यन्वयन भने ३ वर्ष बितिसक्दा पनि हुन सकेको छैन ।

सरकारले भुसे इटा उद्योगहरुले वायु प्रदुषण बढाउने र वातावरणमा प्रभाव पार्ने भएकाले यसलाइ व्यवस्थित गरी आधुनिक प्रविधिमा रुपान्तरण गर्ने इटा उद्योगले व्यवसाय गर्न पाउने र रुपान्तरण नगर्ने उद्योगलाइ खारेज गर्ने निर्णय गरेको थियाे ।

मिति २०७४ सालमा माघ २९ गते उद्योग मन्त्री सुनिल बहादुर थापाको अध्यक्षतामा बसेको बैठकको निर्णय नम्बर २ मा देशमा रहेका भुसे इटा उद्योग हरुलाइ एक वर्षसम्म आधुनिक प्रविधिमा रुपान्तरण गर्नुपर्ने र आधुनिक प्रविधिमा रुपान्तरण नगर्ने उद्योगलाइ स्वतः खरेज गर्ने निर्णय गरिएकाे थियाे । तर त्यसकाे कार्यन्वयन भने अझैसम्म हुन सकेको छैन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षले नै मन्त्रीले गरेको निर्णयको धज्जी उडाएका छन् । उनले आफ्नै वडामा भुसे इटा उद्योग चलाइराखेका छन् ।
आफूले उक्त व्यवसाय लामो समयदेखि गर्दै आइरहेको र उद्योग सञ्चालन गरेबापत कर तिरिरहेकोले उक्त कार्य गर्न पाउनुपर्ने तर्क गरेका छन् ।

यसरी जनप्रतिनिले नै सरकारको निर्णय विपरित काम गर्न थालेपछि त्यसको अनुगमन र अनुसन्धान गर्ने निकाय भने मौन बसेका छन् । कञ्चनपुर जिल्लामा मात्रै अहिले ५० भन्दा बढि भुसे इटा उद्योग सञ्चालनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV