१९ माघ २०७७, सोमबार

खाेटाङ, १९ माघ । नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले नेपालमा कम्युनिष्टका दिन सक्किएको र समुन्नत नेपाल निर्माणको नेतृत्व अब काङ्ग्रेसले गर्ने बताए।

नेपाली काङ्ग्रेस दिक्तेल रुपाकोट मझुवागढी न.पा १० पाथेकाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई स्वागत गर्ने क्रममा युवा नेता राईले नेपालको माटोमा पुर्ण रुपमा असान्दर्भिक कम्युनिष्ट दर्शन र आयातित मार्क्स र लेनिनका विचारले नेपाललाई विकासको होइन, विनाशको बाटोमा हिँडाउने बताए।

लेनिनको बाटो माओवादीले हिड्दै गर्दा १७००० नेपाली नागरिकले सहादत प्राप्त गरे अझै कम्युनिष्टको बाटोको पछि लाग्ने हो भने नेपाल झन ठूलो समस्यामा पर्ने कुरामा सचेत रहन सभालाई नेता राईले अपिल गरे। नेपाली काङ्ग्रेसको बाटो भनेको लोकतन्त्र र समुन्नतिको बाटो रहेको, जुन संविधानको समेत बाटो रहेको नेता राईले बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवं जनता समाजवादी पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका २६७ जनालाई पार्टीमा स्वागत गर्दै नेता राईले नेता भनेको जनताका सेवक रहेको र जनताको शासन चल्ने पार्टीमा तपाईहरुको आगमनले नयाँ उर्जा मिल्ने बताउदै नवप्रवेशीहरुको प्रशंसा समेत गरे।

नवप्रवेशिहरुलाई स्वागत गर्ने क्रममै लोकतन्त्रको रक्षा र थप सुदृढीकरणका निमित्त काङ्ग्रेसका हरेक नेता कार्यकर्ताले अब अन्तिम लडाइँ लड्न तयार हुनुपर्ने अपिल समेत नेता राईले गरे।

युवा नेता राई नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य समेत हुन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV