१८ माघ २०७७, आईतवार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १८ माघ । नेपालमा एकै ठाउँमा सबैभन्दा बढी जलपंक्षी गणना गरिदै आएको कपिलवस्तुको जगदीशपुर तालमा जलपंक्षी घट्दै गएका छन् ।

२०२१ मा १२ हजार ६३ चरा मात्र यहाँ गणना गरिएको छ । २०२० मा यहाँ १८ हजार ८ सय ७ चरा गणना गरिएको थियो । सन् २०१९ मा १४ हजार ९ सय ८० गणना गरिएको थियो ।

तालमा मानवीय अतिक्रमण बढेको कारण यस वर्ष चरा आवागमन नराम्ररी घटेको निष्कर्ष निकालिएको छ । तालमा ७ वटा डुङ्गा चलाइएको छ ।

डुङ्गा सयर गर्न जानेहरुले चरालाई जिस्काउने र समात्न खोज्ने गर्छन् । लुकीछिपी चराको चोरी शिकारी हुने र ताललाई अव्यवस्थित पर्यटकीय स्थलका रुपमा विकास गर्दा समस्या भएको चराविद्हरुले बताएका छन् ।

चराले विभिन्न बाधा व्यवधान ब्यहोर्नु परेकाले असुरक्षा घट्ने क्रम बढेको बताइएको छ । १ सय ५७ हेक्टरमा रहेको तालले चराका लागि स्वर्ग मानिन्छ ।

यहाँ १ सय ६७ प्रजातिका चरा पाईएको रेकर्ड रहेको पंक्षी संरक्षण संघले जनाएको छ । यो कृत्रिम रुपमा बनेको मुलुकको सबैभन्दा ठूलो ताल हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV