१८ माघ २०७७, आईतवार
  • शिव डुम्रे,

रुपन्देही, १८ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले संसद पुनस्थापना गरेरै छोड्ने दृढता व्यक्त गर्नु भएको छ ।

बुटवलमा आइतवार आयोजित साक्षात्कार कार्यक्रममा नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्ब्याउनका लागि मात्र मिति घोषणा गरेको दावी गर्नुभयो ।

‘नरहे बासँ नरहे बासुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने उहाँको दावी छ । नेता रिजालले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको वताउनुभयो ।

नेता रिजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने सर्वोच्च अदालतले विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले अब प्रधानमन्त्री केपी शर्मा ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने दावी पनि गर्नुभयो ।

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांँग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांँग्रेसले निरन्तर विरोध गरिरहने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV