१८ माघ २०७७, आईतवार

एजेन्सी, १८ माघ । भारतमा किसानको आन्दोलनको रिपोर्टिङ गर्ने पत्रकारलाई नियन्त्रणमा लिएको छ ।शनिबार साँझ सिन्धु सीमाबाट स्वतन्त्र पत्रकार मनदीप पुनियालाई पक्राउ गरिएको जनाइएको छ । उनको पक्राउबारे समाचार सोशल मीडियामा पहिला आउन सुरू भएको थियो तर उनको पक्राउको आधिकारिक पुष्टि पुलिसले धेरै घण्टासम्म गरेन।

शनिबार साँझ ७ बजेतिर एउटा भिडियो भाइरल हुन सुरू भयो । जसमा पुलिसले एक जना मानिसलाई टाढा लैजान खोजेको देखिन्छ। यसपछि पत्रकारहरूले राति नै मनदीप पुनियाको बारेमा ट्वीट गर्न सुरू गरे कि पुलिसले उनलाई पक्राउ गरेको थियो तर उनलाई कहाँ लगियो भन्ने सूचना बिहानसम्म उपलब्ध थिएन।

मनदीप पुनियाले ‘द क्याराभान’ लगायतका धेरै म्यागजिनहरू र पत्रिकाहरूका लागि किसानहरूको मुद्दामा रिपोर्टिङ गर्दै आएका छन्। मन्ददीप बाहेक अन्य पत्रकार धर्मेन्द्र सिंहलाई पनि सिंहु सीमाबाट पक्राउ गरिएको थियो। धर्मेन्द्र यूट्यूब च्यानल चलाउँछन्। यी दुवै पत्रकार हरियाणाको झज्जर जिल्लाका हुन्।

धर्मेन्द्र सिंहलाई पुलिसले मन्ददीप पुनियासँगै समातेर लगे तर उनलाई बिहान ५ बजे मुक्त गरियो।दिल्ली पुलिसले उनलाई कुनै पनि पुलिस कारवाहीको कुनै पनि भिडियो नखिच्ने र मिडियालाई कुरा नगर्ने लिखित सर्तसहितिको पत्रको  साथ छोडिएको बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV