१८ माघ २०७७, आईतवार

काठमाडौं, १८ माघ । संसद विघटनबिरुद्ध परेको रिटमाथि निवेदक पक्षको सुनुवाइ सकिएको छ । दुईसाता अघिबाट सुरु भएको संसद विघटनबिरुद्धको निवेदक पक्षको सुनुवाई आइतबार (आज) सकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत  पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको थियो । सो विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको थियो । अहिले सोही रिटमाथि संवैधानिक इजालसमा  सुनुवाई भइरहेकाे छ । आइतबार सम्ममा १३ वटै रिटमाथि सुनुवाई भइसकेको सर्वाेच्चले जनाएकाे छ ।

त्यस्तैगरी अब सोमबार भोलिबाट बिपक्षी पक्षको सुनुवाई हुने बताइएको छ । सर्वोच्चमा परेको संसद विघटनबिरुद्धको रिटमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सभामुखलाई बिपक्षी बनाइएकाे थियो ।

विपक्षमा पारिएका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाका तर्फबाट सबैले नीजि कानुन व्यावसायीले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV