१८ माघ २०७७, आईतवार
  • वाशु श्रेष्ठ

धादिङ्ग, १८ माघ । धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिकाले आज गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्न नपाएको भन्दै स्थानिय आक्रोसित भएका छन् ।

धुनिवेशी नगरपालिकाले साविकको नौविसे गाउँ विकास समितिका स्थानियहरुलाई मात्र लक्षित गरी नगरको सुनुवाई गर्ने कार्यक्रम रहेको थियो । सोही कार्यक्रममा स्थानिय सहभागिता भन्दा कर्मचारीहरुको मात्र सहभागिता भएको सहजै अनुमान गर्न सकिन्थ्यो । धुनिवेशी नगरपालिकाको साविक नौविसे गाउँविकास समितिमा १७ हजार ७ सय ९१ जना जनता रहेको मा १% प्रतिशत जनता उपस्थित नहुदा पनि सार्वजनिक सुनुवाई भयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनताका साथै भद्रभलादमी, स्थानिय वुद्धिजीवि, पत्रकार, समाजसेवी हुनुपर्ने हो तर त्यसो हुन सकेन विषेश गरी कर्मचारी केही स्थानिय सहभागि थिए । स्थायि सहभागिले पनि उपस्थित माइन्चुटमा असन्तुस्टि रहेको उल्लेख गरेका छन् । धुनिवेशी नगरपालकाको नेपाली कांग्रेसका सभापती दिपेन्द्र पाठकले माइन्चुटमा असन्तुष्टि पोखेका हुन ।

नगरको सार्वजनिक सुनुवाइ स्थानिय सहभागिता कम भए पनि स्थानिय स्थरको तर्फबाट नेपाली कांग्रेसका नेता धुनिवेशी नगरका सभापती दिपेन्द्र पाठकलाई बोल्न नदिए पछि स्थानिय युवाहरु आक्रोसित भएका थिए ।

सार्वजनिका सुनुवाई कार्यक्रम भन्दा पनि सुनुवाई मात्र भएको थियो । सार्वजनिक कार्यक्रममा विषय माथि भएको कार्यक्रमको विवरण नहुदा प्रस्तुत कर्ता प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कडेलले पढेको सुन्न मात्र बाध्य भए । हुन त धुनिवेशी नगरपालिकाले गरेको योजनाका विवरणको प्रतिलिपि सार्वजनिक सुनुवाईमा उपस्थित सहभागिलाई दिनु पर्ने हो तर त्यो पनि उपलव्ध नगराई सुनुवाइ मात्र गरेको थियो ।

नगरपालिकाले स्टेशनरी सामाग्रीमा खर्च समेत गर्ने गरेको छ । तर उपस्थित सहभागिलाई पनि प्रतिलिपि समेत उपलव्ध नगराउदा सार्वजनिक सुनुवाइ माथि संका जनमाएको हो । कुन शिर्षकमा कति वजेटको काम भयो कति भएन कति आय व्याह भयो पत्तो पाउन सकेनन् सहभागि भएका केही स्थानियले गुनासो पोखे ।

स्थानिय निकायमा भएका भष्ट्रचार संरक्षण गर्नकै लागि स्थानिय सरकारले आफ्नो कर्मचारी आफ्नो केही व्यक्ति आफ्नो संचार माध्यम प्रयोग गरेर सार्वजनिक सुनुवाइ गर्दै आएको छ । यसको जोलन्द उदाहरण हो धुनिवेशी नगरपालिका यस नगरपालिकाले आफ्नो २ वटा रेडियो कृषि रेडियो र रेडियो राजमार्गलाई सार्वजनिक सुनुवाई कार्यक्रम दिएर आफ्नो अनुकुल सार्वजनिक सुनुवाइ गरेको प्रमाणित भएको छ । यही गतिविधिको कारण सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो सुनुवाइ राख्न नदिए पछि नगरपालिका र प्रस्तोता माथि आक्रोस पोखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV