१८ माघ २०७७, आईतवार

काठमाडाैँ, १८ माघ । नेपाल पेट्रोलियम डिलर एसोसिएसनको आन्दोलन स्थगित भएको छ ।

नेपाल आयल निगमसँग चार बुँदे सहमति भएसँगै एसोसिएसनका सम्पूर्ण विरोधका कार्यक्रम स्थगित भएको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले चार बुँदे सहमति गरेसँगै एसोसिएसनले घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।

file photo

एसोसिएसनले कमिशन नबढाएको भन्दै पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध गर्दै आएको थियो । बागमती प्रदेशमा आइतबार आपूर्ति ठप्प पार्ने कार्यक्रम रहेको थियो । सहमति अनुसार निगमले एसोसिएसनलाई पेट्रोलमा प्रतिलिटर १२.५ पैसा र डिजेलमा प्रतिलिटर २९ पैसा कमिशन दिने भएको छ । सहमतिअनुसार अब टेक्निकल लस भन्दै निगमले दिँदै आएको क्षतिपूर्ति भने स्थगित गरिएको छ । त्यसैगरी सुशासन सम्बन्धी पनि सम्झौता भएको छ ।

सुशासन सहमति अनुसार पेट्रोलियम पदार्थ विक्रेता बिनियमावली २०७५ को संशोधन गर्ने, त्यसमा डिलर एसोसिएनसका प्रतिनिधि पनि रहने, निगमको डिपो कार्यालयदेखि विक्रेताको पेट्रोल पम्पसम्मको टयाङ्करको लसिङलाई थप प्रभावकारी बनाउन आधुनिक मेसिन जडान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV