१८ माघ २०७७, आईतवार

एजेन्सी, १८ माघ । इटालियन सिरी ‘ए’ मा युभेन्टसले साम्पडोरियामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले साम्पडोरियालाई उसैको घरेलु मैदानमा २–१ ले पराजित गरेको हो ।

युभेन्टसलाई सहज जित दिलाउनको लागि फेडरिको चिइसा र आरोन राम्सेले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो ।

खेलको २०औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आरोन राम्सले जुवान कोर्डाडोका पासमा गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

यो जितसँगै युभेन्टस १९ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ७ अंकले तथा दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकले पछि छ । युभेन्टसले एक खेल कम खेलेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV