१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । खानेपानी मन्त्री मणी थापाले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

मन्त्री थापाले कार्यक्रमा सम्बोधन गर्दै भन्नुभएकाे थियाे, ‘सुर्खेतका आदरणीय जनसमुदायहरू  नेकपा स्थायी समितीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट कार्यक्रममा आउनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु।’ मन्त्री थापाले बाेलेका भिडियाेबारे अनेकाैँ टिकाटिप्पणी भइरहेकाे छ ।

उहाँले कार्यक्रमको अन्त्यमा मनत्यव्य राख्नेक्रममा नेपाल सरकारको तर्फबाट भन्नु पर्नेमा श्री ५ को सरकारको तर्फबाट भन्नु भएको हो । पूर्वमाओवादीका नेता रहनु भएका मन्त्री थापा नेकपा विवादपछि प्रधानमन्त्री केपी शर्मा ओली समुहमा लाग्नु भएको थियो ।

भिडियाे

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV