१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समिति क्षेत्र नं.३ ले शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

काठमाडौको डिल्लीबजारस्थित सांस्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं.३ बाट काठमाडौंमा आई बसोबास गर्ने, नेपाली कांग्रेसमा आस्था राख्नेहरुको बाक्लो उपस्थिति थियो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला र कांग्रेस युवा नेता एवं नेबिसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली कांग्रेसका अन्य जिल्लाका सम्पर्क समितिका अध्यक्ष, विभिन्न भातृ संगठनका विशेष व्यक्तित्वहरुको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले बिना संबैधानिक अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकाले त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिनेमा आफू बिस्वस्त रहेको बताए ।

त्यस्तै, उनले सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेको समयमा प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट सरकारलाई असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर झुट भएको बताए ।

उहाले आ–आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको बिरोध गर्न आग्रह पनि गरेका छन् । करिब ३ घण्टा चलेको अन्तरक्रियामा झापा–काठमाडौं सम्पर्क समितिका उपसभापति रोशन लामिछाने, कोषाध्यक्ष खेम प्रसाईं, कांग्रेस युवानेता कुन्दनराज काफ्लेलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV