१७ माघ २०७७, शनिबार
  • अभिमन्यू लामिछाने,

उदयपुर, १७ माघ । उदयपुरको कटारी–१ कलिखोलामा आँखा तथा कानको एक दिने निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत न्यू समाजसेवी विकास क्लब बेलसोत, इलाका प्रहरी कार्यालय कटारी, नेपाल नेत्र ज्योति संघ सगरमाथा तथा चौधरी आँखा अस्पताल लहानको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

आज कालीखोला माविमा एक कार्यक्रमका बीच सुरु गरिएको शिविर ९८ वर्षीय जेष्ठ नागरिक जय बहादुर कटुवालको उपस्थितिमा सम्पन्न भरिएको हो । उक्त शिविर उनकै आखाँ जाँच गरेर सुरु गरिएको थियो ।

शिविरमा कानको ५५ जना र आँखाको १ सय ८१ गरी जम्मा २ सय ३६ जना स्थानीयले आँखा तथा कान परीक्षण गराएका थिए । जसमा १८ जनाको मोतीविन्दूको शल्यक्रिया गराउनुपर्ने देखिएको थियो ।

उनीहरुलाई निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष लीलेन्द्र राईले बताए । गाउ–गाउ पुगेर क्लबसँग समन्यव गरी गरिएको शिविरमा प्रहरी समेतको सहभगिता रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

बजार क्षेत्रमा भन्दा गाऊमा गरिने शिविरले जनता लाभान्वित हुने हुदा आयोजकलाई उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले धन्यबाद दिएका थिए ।
शिविरमा उदयपुर उधेग बाणिज्य संघ कटारी, कसमस सिमेन्ट, सिद्धिचरण मल्टिप्रपोज, मारुती सिमेन्ट, जयश्री मल्टिप्रपोजलगायतको सहयोग रहेको थियो ।

शिविरमा आएका सेवाग्राहीहरु पनि गाँउमै आँखा तथा कान जाँच गराउन पाएपछि हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV