१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । महानगरीय प्रहरी प्रभाग कलंकीले अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले विशेष सुचनाको आधारमा काठमाडौं महानगरपालिका १४ सुनारगाउँबाट एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला बागलुङ भई कलंकी सुनार बस्ने वर्ष ३८ को जिवा श्रेष्ठ रहेका छन् ।

श्रेष्ठको साथवाट कंलकी प्रभागको टोलीले नाईट्रोभेट १४५, नुरफिन, डाईजापामा,फेरानर्गन,सिरज्याक २५० एम्पुल सहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका श्रेष्ठलाई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV