१७ माघ २०७७, शनिबार

वीरगञ्ज, १७ माघ । नेपाल–भारत सहयोग मञ्चको केन्द्रीय अध्यक्षमा वरिष्ठ उद्योगी एवं समाजसेवी अशोक बैध निर्वाचित भएका छन् ।

शनिबार (आज) वीरगञ्जमा सम्पन्न साधारण सभाबाट उद्योगी वैदको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा सत्यनारायण क्याल, उपाध्यक्ष, महासचिब, सचिब तथा कोषाध्यक्ष पदमा क्रमस गोपाल केडिया, बालमुकुंद खरेल, सुबोध कुमार गुप्ता र विनोद कुमार चौधरी निर्बाचित भएका छन् ।

कार्यक्रममा उपस्थित बरिष्ठ समाजसेवी एवं उद्योगपति बाबूलाल चाचानले मञ्चका सदस्यद्वय गोपाल केडिया र सुबोध कुमार गुप्ता नेपाल उधोग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वमा छनौट भएकामा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नव निर्वाचित अध्यक्ष अशोक बैधले यो बर्ष मञ्चको रजत जयन्ती मनाइने हुनाले जनसम्बन्धलाई प्रगाढ़ बनाउदै यस क्षेत्रको बिकासलाई अघि बढाउन प्रयत्नशील रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV