१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । कृषि तथा पशुपंक्षी मन्त्री पद्मा कुमारी अर्यालले एक अंखोरा पानी निकाल्दैमा समुन्द्रकाे पानी नसकिने बताउनु भएको छ । हरिनास गाँउकमिटी स्याङजाले गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै मन्त्री अर्यालले पदको लोभले केही नेताले बाहिर भेला गर्देमा नेपाल कम्युनिष्ट पार्टी नसकिने समेत बताउनुभयो ।

बर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिदै आइरहेता पनि अहिले सम्म पार्टी नफुटेको र फुटाल्न पनि नसक्ने मन्त्री अर्यालको भनाइ थियो । पाँच वर्षका लागि जनताले चुनेर पठाएको ओलीले नेतृत्व सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेकै कारण प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनु भएको छ ।

५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेता र परिवार केन्द्रित नेताले चारै तिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेको बताउनुभएको हो । जनतामाझ जाने प्रधानमन्त्रीको निर्णय लोकतान्त्रिक निर्णय भएकाको भन्दै निर्वाचन संग डराउने केही तत्वहरुले निर्वाचनको विरोध गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी बैसाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले विचोल्न नसक्ने भन्दै पार्टीलाइ एकता बद्ध बनाउदै चुनामी मैदानमा हुमीन नेता तथा कार्यक्रतालाइ आग्रह समेत गर्नुभयो ।

कम्युनिष्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, पावरकै लागि मात्र केपी नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको बताउनु भएको हो । नेपाली जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रै ठूला नेताहरुले राष्ट्रपतिलाई महाअधियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको समेत मन्त्री अर्यालले बताउनुभयो ।

यसैबीच मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभएको छ । मन्त्री अर्याले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा सतेत बताउनुभयो ।

हरिनास गाँउपालिका वडा नं २ का वडा सदस्य लालु माया नेपाली लगाएत एक सय छपन्न जना कार्यकर्ता नेपाली काँग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV