१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । ‘श्री लाली गुराँस युवा क्लव–काठमाडौं’को सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार (आज) काठमाडौंको सुकेधारास्थित नवदूर्गा पार्टी प्यालेसमा लाली गुराँस युवा क्लवसँग सरोकार राख्ने विभिन्न सामाजिक अभियन्ता तथा विशेष ब्यक्तित्वहरुको उपस्थितिमा यस संस्थाको सातौं साधारणसभा सम्पन्न गरिएको हो ।

स्वागत मन्तव्य राख्दै लाली गुराँस युवा क्लवका अध्यक्ष लेखनाथ राईले विश्वभर फैलिएको कोरोना महामारीका कारण यस संस्थाको साधारण सभा समयमै गर्न नसकिएको जानकारी गराए । अध्यक्ष राईले उक्त संस्था सम्हालेपछि आफ्नो क्षमता (बुद्धि विवेक)ले भ्याएसम्म सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा सामाजिक, आर्थिक, शैक्षिक बिकास लागि सख्त लागिपरेको बताए ।

त्यस्तै, उक्त कार्यक्रममा ‘श्री लाली गुराँस युवा क्लव–काठमाडौं’का सचिव लोक बहादुर राईले वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोही अवसरमा सचिव राईले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमस्थित श्री जनता माध्यमिक विद्यालयको लागि आठ कोठे छात्रवास निर्माण भइरहेको पनि जानकारी गराए । त्यस्तै, संस्थाका कोषाध्यक्ष धन बहादुर राईले पनि आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको नयाँ कार्यसमिति चयन

सोही अवसरमा यस लाली गुराँस युवा क्लव–काठमाडौंको नयाँ कार्यसमिति चयन गरिएको छ । जहाँ अध्यक्षमा लेखनाथ राई, उपाध्यक्षमा ईश्वरी राई, सचिवमा लोक बहादुर राई, उपसचिवमा बिकास राई चयन भएका छन् ।

साथै, कोषाध्यक्षमा धन बहादुर राई तथा सदस्यहरुमा गणेश राई, चुडामणि राई चन्द्रकला राई र सरद राई चयन भएका छन् ।

‘श्री लाली गुराँस युवा क्लव’ काठमाडौंको बारेमा :

‘सामाजिक भावनाले उत्प्रेरित विविधतामा एकता’ भन्ने मुल नाराका साथ वि.सं. २०६२ मंसिर १४ गते संघसंस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको यस संस्थाले सोलुखुम्बु तथा आसपासका दुर्गम क्षेत्रहरुमा सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

विशेष गरी यो संस्था ‘जात–जाती, धर्म, भाषा, लिंग, वर्ग, संस्कार–संस्कृतिमा विभेद नराखी हामी एक हौं’ भन्ने भावनाका साथ स्थापित सबैको साझा चौतारी तथा मुनाफारहित सामाजिक संस्था हो ।

यस संस्थाको मुख्य उदेश्य मानव हित तथा परोपकारी सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी सामाजिक, आर्थिक, शैक्षिकलगायतमा पछि परेका नागरिकाई विशेष अवसर प्रदान गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV