१७ माघ २०७७, शनिबार
  • भगतराम थारु,

नेपालगञ्ज, १७ माघ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ल्याएको संविधान र लोकतन्त्रको हत्या गरेको आरोप लगाउनुभएको छ ।

जनताले ल्याएका उपलब्धिप्रति प्रधानमन्त्री ओलीले चालेका कदम असोभनीय रहेको धारणा राख्दै उहाँले भन्नुभयो, ‘लोकतान्त्र र संविधानलाई ट्«याकमा ल्याउन हाम्रो पार्टीले कडा आन्दोलनको थालनी गर्न पनि गरेको छ । लोकतन्त्रका हत्याराहरुलाई दण्डित नगरेसम्म हामीहरुले विश्राम लिनेछैनौं ।’

ओलीको प्रतिगमन प्रबृत्ति र लोकतन्त्रको हत्या गर्नेहरुलाई नसच्चिएसम्म आफ्नो पार्टी कदापि नझुक्ने उहाँले बताउनुभयो । अहिलेको राजनीति गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै संविधान र लोकतन्त्रमाथि गरिएको खड्क प्रहार प्रतिगमन रहेको उहाँले ठहर छ ।

ओलीले कम्युनिष्ट पार्टीको खोल मात्र ओढेको उहाँले धारणा थियो । केपी ओलीको असंबैधानिक कदमविरुद्ध कम्युनिष्ट पार्टी र सबै जनता मिलेर पराकाष्ट गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV