१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । भारतले नेपालको लागि थप १०० मेगावाट बिजुली दिने भएको छ।भारतले ढल्बेकबर- मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत नेपाललाई थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको छ ।

भारतबाट २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको नेपालले थप बिजुली लिने भएको छ । उक्त सहमति ऊर्जासम्बद्ध नेपाल(भारत संयुक्त प्राविधिक समूहको बैठकमा भएको हो । प्राधिकरणका एक अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको बताइएको छ ।

जाडो सयमको बिजुलीको उच्च मागलाई धान्न कठीन भएकोले नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव राखेको थियो ।

विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयातको परिमाण अब ८ सय मेगावाटसम्म पुग्ने जनाइएको छ ।

अहिले प्रणालीमा १४६४ मेगावाटको पिक लोड छ । त्यसमध्ये करिब साढे ७ सय मेगावाट बिजुलीको माग आन्तरिक उत्पादनले धानेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV